कांग्रेसको निर्वाचन समितिले सार्वजनिक गर्यो १५ औँ महाधिवेशनको परिमार्जित कार्यतालिका
ratopati.com · Tue Aug 18 14:25:31 GMT 2026

काठमाडौँ।नेपाली कांग्रेसले आफ्नो १५ औँ केन्द्रीय महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी २०८३ असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।
बी.पी. स्मृति भवन, ललितपुरमा बसेको निर्वाचन समितिको बैठकले पार्टीको विधानको धारा ३५ (२) (च) बमोजिम विभिन्न तह र निकायको निर्वाचन तालिका तय गरेको हो । यसअघि बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधान, प्रचलित कानुन र पार्टी विधानलाई मध्यनजर गर्दै महाधिवेशनको मिति तय गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)