रेडक्रसको जग्गा खरिदमा ठगी, पाँचजना पक्राउ
baahrakhari.com · Tue Aug 18 14:39:56 GMT 2026

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३, निकोसेरा बस्ने ५२ वर्षीय राजेश देशमरु, नुवाकोटको समुन्द्रटार–६ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका–२६ मा बस्ने ५७ वर्षीय उमेशप्रसाद ढकाल छन् । त्यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ बस्ने ५८ वर्षीय मदनकृष्ण फोजु, उदयपुरको कटारी–३ स्थायी ठेगाना भई हाल मध्यपुर थिमि–१ बस्ने ७० वर्षीय सञ्जीव थापा र काठमाडौं महानगरपालिका–१६, बालाजु बस्ने ६७ वर्षीय इन्द्रबहादुर केसी छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)