जसपा लुम्बिनीमा बल्झिँदो विवाद, अम्बिका काफ्लेलाई स्पष्टीकरण
nepalpress.com · Tue Aug 18 15:16:13 GMT 2026

रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालमा लुम्बिनी प्रदेशलाई लिएर विवाद बल्झिँदै गएको छ। पार्टी निर्देशनविपरीत एमाले नेतृत्वको सरकारलाई सहयोग गरेको भन्दै लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयलाई पार्टी केन्द्रले स्पष्टीकरण सोधेकै दिन पाण्डेयले आफूलाई साथ नदिने प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई स्पष्टीकरण सोधेका छन्।
संसदीय दलको निर्णय र ह्वीपविपरीत मुख्यमन्त्री चेतनारायण आचार्यले मागेको विश्वासको मतको पक्षमा मतदान नगरेको भन्दै दलले काफ्लेलाई तीन दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो। संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले काफ्लेलाई स्पष्टीकरण सोधेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)