बाढीपीडितको सहयोगार्थ चलचित्र विकास बोर्डले च्यारिटी शो गर्ने
ratopati.com · Thu Aug 27 06:35:29 GMT 2026

काठमाडौँ । बाढीपीडितको सहयोगार्थ चलचित्र विकास बोर्डले च्यारिटी शो आयोजना गर्ने भएको छ । चलचित्र विकास बोर्डले बिहीबार आकस्मिक बैठक बसी राहत तथा सहयोगका लागि पाँचवटा महत्त्वपूर्ण निर्णय समेत गरेको छ ।
बोर्डका अध्यक्ष दिनेशराज दाहाल (दिनेश डी.सी.)को अध्यक्षतामा बसेको बैठकले बाढीबाट प्रभावित चलचित्रकर्मीहरूको तत्काल विवरण सङ्कलन गर्नेदेखि चलचित्र क्षेत्रलाई संगठित रूपमा उद्धार र राहत अभियानमा परिचालन गर्नेसम्मका निर्णयहरू गरेको हो । सोही बैठकमा बोर्डका अध्यक्ष डीसीले व्यक्तिगत तर्फबाट आफ्नो आधा महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा समेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)