भारत-नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटी थप विस्तार
nepalnews.com · Tue Aug 18 15:01:19 GMT 2026

काठमाडौं । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) ले भारत र नेपालबीच सीमापार डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
भारतबाट नेपाल आउने यात्रुमा यूपीआईमार्फत क्यूआर भुक्तानीको प्रयोग बढेसँगै दुई देशबीच डिजिटल कारोबारको दायरा विस्तार भएको एनआईपीएलले जनाएको छ। हाल भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) जोडिएपछि दुवै देशबीच रियल–टाइम ‘पर्सन–टू–पर्सन’ रकम स्थानान्तरणसमेत सम्भव भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)