त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९ किलो थाइ गाँजासहित ८ जना पक्राउ
ratopati.com · Tue Aug 18 15:42:49 GMT 2026

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९.२८८ किलोग्राम थाइ गाँजासहित आठ जना यात्रुलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कोटेश्वरबाट खटिएको टोलीले साउन ३१ गते राती उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विदेशबाट हवाई मार्ग हुँदै उच्च स्तरको गाँजा नेपाल भित्र्याउने तस्करहरूको 'प्रोफाइलिङ' गर्ने क्रममा चेकजाँच गर्दा उनीहरूको लगेजबाट सो परिमाणको गाँजा बरामद भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)