जुम्ल्याहा बेहुला, जुम्ल्याहा बेहुली, बिहे गराउने पनि जुम्ल्याहै !
ratopati.com · Tue Aug 18 16:04:35 GMT 2026

काठमाडाैँ । भारतको केरलामा सम्पन्न एक अनौठो विवाहको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। उक्त विवाह समारोहमा चार जोडी जुम्ल्याहा सहभागी भएका छन्।
तस्बिरमा जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा दिदीबहिनीसँग लगनगाँठो कसिरेहेको देखिन्छ। विवाहको धार्मिक विधि सम्पन्न गराउने पादरीहरू पनि जुम्ल्याहा छन् भने उनीहरूलाई सघाउने ‘अल्टर ब्वाय’ (सहयोगी) हरू पनि जुम्ल्याहै रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)