भिएरा सेनेगल राष्ट्रिय फुटबल टोलीकाे मुख्य प्रशिक्षक नियुक्त
ratopati.com · Tue Aug 18 16:00:08 GMT 2026
काठमाडाैँ। आर्सनल र फ्रान्सका पूर्वकप्तान प्याट्रिक भिएरा सेनेगल पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन्। सन् २०२६ को फिफा विश्वकपको अन्तिम ३२ बाट बाहिरिएपछि बर्खास्तमा परेका पेपे थियावको स्थान ५० वर्षीय भिएराले लिएका हुन्।
सेनेगलको राजधानी डकारमा जन्मेका भिएरा आठ वर्षको उमेरमा फ्रान्स सरेका थिए। त्यसपछि फ्रान्सका लागि १०० भन्दा बढी खेल खेल्दै उनले सन् १९९८ को विश्वकप र सन् २००० को युरोपियन च्याम्पियनसिप जितेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)