विमानस्थलबाट ३९ किलो थाइ गाँजासहित ८ जना पक्राउ
reportersnepal.com · Tue Aug 18 16:08:02 GMT 2026

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९.२८८ किलोग्राम थाइ गाँजासहित आठ जना यात्रुलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कोटेश्वरबाट खटिएको टोलीले साउन ३१ गते राती उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा थाइल्यान्डको बैङ्ककबाट थाई एयरवेजको उडान नम्बर टीजी३१९ मार्फत आएका म्यानमारका पाँच जना नागरिक रहेका छन्। जसमा म्यानमार क्यौक्टान ठेगाना भएका २३ वर्षीय जार नि लिन, दावेई ठेगाना भएका २६ वर्षीया एल एल थवे, क्याङ्गीन ठेगाना भएका ३९ वर्षीय आउङ बवार, मोलम्येन ठेगाना भएका ३२ वर्षीय चुवे म्याथवाल सेइन र याङ्गुन ठेगाना भएका ३२ वर्षीय जिन मियो अउङ रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)