लागुऔषधसहित दुई जना पक्राउ
reportersnepal.com · Tue Aug 18 16:12:47 GMT 2026

काठमाडौँ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ चार ग्रामसहित रोल्पा गङ्गादेव गाउँपालिका-२ बस्ने ३३ वर्षीय टेकम परियारलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको टोलीले धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सुपप्र०१-००१ ख ३६८४ नम्बरको बसमा सवार निजलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)