नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड
khabarhub.com · Tue Aug 18 16:23:13 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजक लिला पिटर याहियासँग भेटवार्ता भएको छ । महासंघ सचिवालयमा टेकुमा मंगलबार भएको भेटवार्तामा नेपालको आर्थिक तथा सामाजिक विकासका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार, संयुक्त राष्ट्रसंघलगायत सबै पक्षबीच परिणाममुखी सहकार्यको आवश्यकतामा जोड दिइएको थियो ।
सो अवसरमा महासंघका अध्यक्ष श्रेष्ठले सीप विकास, उद्यमशीलता, लगानी प्रवर्द्धन र मर्यादित रोजगारीलाई जोडेर संयुक्त राष्ट्रसंघसँग व्यावहारिक कार्यक्रम अघि बढाउन महासंघ इच्छुक रहेको बताए । अहिले नेपालको अर्थतन्त्रमा लगानी तथा व्यवसायिक विश्वास पुनर्स्थापित गर्नु महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले युवालाई स्वदेशमै रोजगारी र उद्यमका अवसर सिर्जना गर्दै विकासको केन्द्रमा राखिनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)