स्कुलदेखि समुदाय स्तरमा ट्राफिक सचेतना
ratopati.com · Tue Aug 18 17:02:50 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना सम्बन्धी अभियानलाई तीव्रता दिएको छ । स्कुल र कलेजदेखि समुदाय स्तरमा सचेतना वृद्धि गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
विद्यार्थीहरूलाई ट्राफिक नियमबारे जानकारी गराउन ट्राफिक प्रहरी स्कुलहरूमा पुग्ने गरेको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण र जाम नियन्त्रणका लागी सामाजिक सञ्जाल र मेट्रो ट्राफिक एफएम मार्फत पनि सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)