भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित
ratopati.com · Tue Aug 18 17:19:16 GMT 2026
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा फराकिलो जित दर्ता गरेको छ ।
विजयी सुरुआत गर्ने क्रममा नेपालले आज भएको पहिलो खेलमा कर्नाटक राज्यस्तरीय टोलीलाई ११६ रनले हरायो । यस खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४५ ओभरमा १८८ रनमा अलआउट भएको थियो । नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले ७० बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ४९ रनको पारी खेले ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)