अनलाइनबाट रकम तिर्दा पनि सरकारले दिने ‘उपहार’का लागि किन अनिवार्य चाहियो भ्याट वा प्यान बिल ?
techpana.com · Tue Aug 18 17:10:39 GMT 2026

काठमाडौं । क्यूआर कोड वा डिजिटल माध्यमबाट भुक्तानी गर्दैमा राज्यलाई बुझाउनुपर्ने कर स्वतः दर्ता नहुने भएकाले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा सहभागी हुन अनिवार्य रूपमा आधिकारिक बिजक (बिल) नै लिनुपर्छ । आन्तरिक राजस्व विभागले लागु गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ अनुसार १० लाख रुपैयाँसम्मको उपहार जित्न क्यूआर भुक्तानीका साथै प्यान वा भ्याटमा दर्ता भएका व्यापारीबाट आधिकारिक बिजक लिनु अनिवार्य गरिएको हो ।
डिजिटल भुक्तानी गर्दा बैंकिङ प्रणालीमा कारोबार रेकर्ड हुने भए पनि त्यसले मात्रै कर चुहावट नरोकिने आन्तरिक राजस्व विभागको निष्कर्ष छ । मर्चेन्ट खातामा डिजिटल माध्यमबाट रकम भुक्तानी गर्दा त्यो स्वतः प्रणालीमा प्रविष्ट हुन्छ । र, कुपन नम्बर तयार हुने प्रणाली लागु भएको छ । यसले गर्दा आम उपभोक्तामा डिजिटल माध्यमबाट रकम तिरेपछि स्वतः सरकारकहाँ कर पुग्छ भन्ने भ्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)