जापानको चिबा प्रिफेक्चरमा मुसलधारे वर्षाका कारण १३ जनाको मृत्यु
nepalnews.com · Tue Aug 18 17:25:28 GMT 2026
टोकियो । पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कीर्तिमानी मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । दुर्घटनामा अरु एक जना अझै बेपत्ता रहेको प्रिफेक्चरल सरकारले मङ्गलबार जनाएको छ ।
प्रिफेक्चरभरि दुई हजार ३०० भन्दाबढी घरमा क्षति पुगेको छ । बाढीका कारण करिब दुई हजार ७०० सवारीसाधन डुबेर सडकमा अलपत्र परेका छन् । यसबाट यातायात प्रभावित हुनुका साथै विभिन्न क्षेत्रमा सवारी जाम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)