बेपत्ता दाइ खोज्दै आएका नेपाली सेनाका जवान
ratopati.com · Tue Sep 01 15:13:33 GMT 2026

काठमाडौँ । रसुवाको त्रिशुली क्षेत्रमा आएको बाढी–पहिरोपछि आफ्ना आफन्तको खोजीमा अस्पतालदेखि घटनास्थलसम्म धाइरहेका परिवारको पीडा उस्तै छ । कोही प्रियजन सकुशल फर्किने आशमा छन् भने कोही कम्तीमा शव भेटिएर अन्तिम संस्कार गर्न पाइयोस् भन्ने प्रतीक्षामा छन् ।
जुम्लाको पातारासी गाउँपालिका–६ बाताका हरिबहादुर बुढा पनि यस्तै पीडा बोकेर काठमाडौँका अस्पताल चहारिरहेका छन् । उनका दाइ दिप बहादुर बुढा रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको २१६ मेगावाट परियोजनामा काम गर्ने क्रममा बाढी–पहिरोपछि बेपत्ता भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)