जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको प्रयास सर्वोच्च अदालतद्वारा अस्वीकृत
nepalnews.com · Wed Jul 01 01:49:19 GMT 2026

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमार्फत अमेरिकामा जन्मसिद्ध नागरिकता अन्त्य गर्ने प्रयास त्यहाँको सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
अमेरिकी सर्वोच्च अदालतले एक शताब्दीभन्दा लामो कानुनी परम्परा र संवैधानिक अभ्यासलाई पुनर्पुष्टि गर्दै अमेरिकी भूमिमा जन्मिएका शिशुहरू स्वत: अमेरिकी नागरिक हुने व्यवस्था कायम राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)