वाम एकता: समाधान कि समस्याबाट भाग्ने सजिलो उपाय ?
nepalpress.com · Wed Jul 01 01:50:00 GMT 2026

नेपालमा वाम एकताको बहस नयाँ होइन। नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा विभाजन, पुनःएकीकरण र फेरि विभाजनका अनेकौँ चक्रहरू देखिन्छन्। कहिले वैचारिक मतभेदका नाममा, कहिले नेतृत्वको प्रतिस्पर्धाका कारण, त कहिले तत्कालीन राजनीतिक आवश्यकताका आधारमा पार्टीहरू फुट्ने र फेरि मिल्ने क्रम दोहोरिँदै आएको छ। त्यसैले आज फेरि उठेको वाम एकताको बहसलाई केवल भावनात्मक उत्साह, चुनावी गणित वा कार्यकर्ताको चाहनाका आधारमा मात्र होइन, विगतका अनुभवहरूको गम्भीर समीक्षा गरेर हेर्न आवश्यक छ।
सामान्यतः राजनीतिक दलहरू चुनावमा अपेक्षित सफलता हासिल गर्न नसकेपछि एकताको आवश्यकता बढी महसुस गर्न थाल्छन्। चुनावी हारपछि विभाजनलाई कमजोरीका रूपमा व्याख्या गरिन्छ र एकतालाई समाधानका रूपमा प्रस्तुत गरिन्छ। तर, चुनाव जितेका बेला आत्मसमीक्षा गर्ने, संगठनलाई सुधार गर्ने वा आफ्ना कमजोरी सच्याउने संस्कृतिको विकास भने अपेक्षाकृत कमजोर देखिन्छ। यही कारणले गर्दा राजनीतिक एकताका प्रयासहरू धेरैजसो दीर्घकालीन वैचारिक प्रतिबद्धताभन्दा तत्कालीन राजनीतिक आवश्यकताबाट प्रेरित देखिन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)