क्यूआर कोडको सत्यतथ्य छानबिन गर्नुको साटो पत्रकार थापामाथि कारबाहीको माग गर्नु आपत्तिजनक : प्रेस सेन्टर
lokaantar.com

प्रेस सेन्टर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रयोग गरिएको क्यूआर कोडको सत्यतथ्य छानबिन गर्नुको साटो पत्रकार वासुदेव थापामाथि प्रशासनिक कारबाहीको माग गर्नु आपत्तिजनक भएको जनाएको छ ।
प्रेस सेन्टर नेपालका लमजुङ जिल्ला अध्यक्ष तथा रेडियो भोटेओडारका स्टेशन प्रमुख थापाले रसुवा भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा क्यूआर कोडमार्फत सहयोग गर्न खोज्दा उक्त रकम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैंक खातामा जम्मा हुन गएको विषयलाई लिएर रास्वपाले जिल्ला प्रशासन कार्यालय, लमजुङमा थापामाथि कारबाहीको माग गर्दै निवेदन दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)