बाढीपीडितलाई नेपाल तेक्वान्दो महासंघको सहयोग
baahrakhari.com · Tue Sep 01 15:39:51 GMT 2026

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले भोटेकोसी क्षेत्रमा आएको बाढीबाट पीडितहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ प्रदान गरेको छ ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले यसअघि पनि वि.सं. २०७२ सालको विनाशकारी भूकम्पबाट प्रभावित गोरखा जिल्लाका भूकम्प पीडितका लागि राहत सामग्री वितरण गरी मानवीय सहयोग प्रदान गरेको महासंघका महासचिव घमबहादुर थापा मगरले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)