लोमान्थाङमा साहसिक घोडा दौड प्रतियोगिता सम्पन्न
barnanmedia.com · Tue Aug 18 23:39:14 GMT 2026

समुद्री सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको उपल्लो मुस्ताङको लोमान्थाङमा मङ्गलबार साहसिक घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ ।
धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङको अवसरमा आयोजित प्रतियोगितामा छोटो दूरीको कदम घोडा दौड र लामो दूरीको ‘बास्का’ घोडा दौड गरी दुई विधामा प्रतियोगिता सञ्चालन गरिएको हो । लोमान्थाङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमान्थाङले संयुक्त रूपमा यार्तुङ पर्व आयोजना गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)