बाँके राष्ट्रिय निकुञ्जको राजमार्गमा घट्यो ‘टाइम कार्ड’ को समय, अब यात्रा थप छिटो हुने
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौँ। बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गको ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई उपलब्ध गराउँदै आइएको ‘टाइम कार्ड’ को समयसीमा घटाइएको छ। कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार सम्पन्न समन्वयात्मक बैठकले निकुञ्ज क्षेत्रमा सवारी आवागमनलाई थप सहज बनाउँदै यात्राको समय घटाउने महत्त्वपूर्ण निर्णय गरेको हो।
उक्त बैठकमा बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल, रणध्वज गणका गणपति खिमबहादुर डाँगी, कोहलपुर नगरपालिका–९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगी र वडा नं १२ का वडाध्यक्ष वीरेन्द्र शाहलगायतका अधिकारीहरूको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)