पहिलो त्रैमासिकमा १ खर्ब आन्तरिक ऋण उठाउने लक्ष्य, तेस्रोपटक विकास ऋणपत्रबाट १० अर्ब उठाउँदै सरकार
aarthiknews.com

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ सुरु भए यता सरकारले तेस्रोपटक विकास ऋणपत्रमार्फत आन्तरिक ऋण उठाउने भएको छ। सरकारले सातवर्षे विकास ऋणपत्र–२०९० मार्फत थप १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र–२०९० (एनपीडीबी०७०७२०९०)’ निष्कासनका लागि भदौ ३ गते बुधबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोल गर्ने भएको छ। ऋणपत्र भदौ ४ गते निष्कासन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)