स्थानीय सरकारको दोस्रो परीक्षा
nepalnews.com · Wed Aug 19 01:15:40 GMT 2026

एकातर्फ जनताको अपार भरोसा र उत्साह, अर्कोतर्फ वर्षैपिच्छे पहाडजस्तै थुप्रिँदै गएको बेरुजु र फ्रिज हुने बजेट। दोस्रो कार्यकालको अभ्यास गरिरहेका स्थानीय सरकारहरूको आजको तितो यथार्थ यही हो।
संविधानले नागरिकको सुख–दुःखको साथी मानेको स्थानीय शासन संयन्त्र आज उत्साह र सिर्जनशीलताभन्दा बढी डर र निर्णयविहीनताको भुमरीमा फसेको देखिन्छ। नेपालको संविधानले स्थानीय तहलाई केवल प्रशासनिक एकाइका रूपमा मात्र परिकल्पना गरेको छैन। यसलाई आम नागरिकको घरदैलोको सरकारका रूपमा संघीयताको बलियो जग मानेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)