विश्वभका ६० प्रतिशत स्वास्थ्य संस्थामा आधारभूत सरसफाइ नभएको डब्लूएचओ र युनिसेफको रिपोर्ट
kendrabindu.com · Wed Aug 19 01:24:07 GMT 2026

जेनेभा । विश्वका १० मध्ये चार वटा स्वास्थ्य सेवा संस्थाले मात्र बिरामी तथा स्वास्थ्यकर्मीका लागि आवश्यक आधारभूत सरसफाइ मापदण्ड पूरा गरेको पाइएको छ। संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका ११ प्रतिशत स्वास्थ्य संस्थामा सरसफाइ सेवा नै उपलब्ध छैन।
डब्लूएचओ र युनिसेफको प्रतिवेदनले पहिलो पटक स्वास्थ्य सेवा संस्थामा आधारभूत सरसफाइ सेवाको विश्वव्यापी अवस्था मापन गरेको हो। सन् २०२५ का लागि गरिएको अनुमानमा केवल ४० प्रतिशत स्वास्थ्य संस्थामा बिरामी तथा कर्मचारीका आवश्यकता पूरा गर्ने, पहुँचयोग्य र प्रयोग गर्न मिल्ने शौचालय रहेको पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)