मजपोक–ताराखोला सडकको मुहार फेरिँदै
nepalnews.com · Wed Aug 19 01:27:05 GMT 2026

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–५ को पोक–नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक स्तरोन्नति गरिने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ मा समावेश भएको यस योजना बहुवर्षीय ठेक्का प्रक्रियाबाट कार्यान्वयनका लागि स्तरोन्नति गर्न लागिएको हो । यसका लागि जनप्रतिनिधि र उपभोक्ताहरूको उपस्थितिमा सर्वेक्षण थालिएको छ ।
गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन), मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँलगायत प्राविधिकहरू, मङ्गला –५ का वडाध्यक्ष भूपेन्द्र खत्री, वडा सदस्य गुप्तबहादुर रोका, स्थानीय अगुवा चन्द्रप्रसाद बुढाथोकी, प्रेम मगरसहित प्रभावित क्षेत्रका बासिन्दाको उपस्थितिमा सर्वेक्षण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)