नेपालमा बलिउड गायक नवजोत आहुजा
nagariknews.nagariknetwork.com · Wed Aug 19 02:11:52 GMT 2026

बलिउडका चर्चित गायक नवजोत आहुजा नेपाल आएका छन्। ठमेलस्थित क्लब नोभामा उनले प्रस्तुति दिनेछन्। क्लब नोभाले स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदै छ। सोही अवसरमा क्लबले आयोजना गरेको सांगीतिक कार्यक्रमका लागि गायक आहुजा नेपाल आएका हुन्। जहाँ उनले ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ लगायत थुप्रै गीतमा दर्शकलाई झुमाउनेछन्।
‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक यात्राको सबैभन्दा हिट गीत हो। यो गीत उनको खत एल्बममा समावेश छ। त्यसबाहेक उनका तू ही हूँ, खुद से मोहब्बत, इंतज़ार, मेरे हो तुम, चले गएलगायत दजनौं गीत चर्चित छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)