खगोलशास्त्रीहरूले फेला पारे ब्रह्माण्डको पुरानो रहस्य ‘लिटिल रेड डट्स’ को नयाँ तथ्य
onlinekhabar.com · Wed Aug 19 02:16:02 GMT 2026

काठमाडौं । वैज्ञानिकहरूले जेम्स वेब स्पेस टेलिस्कोपको मद्दतले फेला परेका साना र राता आकाशीय पिण्ड ‘लिटिल रेड डट्स’ को रहस्यबारे नयाँ तथ्य पत्ता लगाएका छन्। सन् २०२२ मा पहिलोपटक देखिएका यी पिण्डहरू वास्तवमा के हुन् भन्ने विषयमा लामो समयदेखि अध्ययन भइरहेको थियो।
वैज्ञानिकहरूले यसको अध्ययन गर्न पृथ्वीबाट नजिक रहेको एउटा घुमाउरो तारापुञ्जको सहारा लिएका थिए। यसको नाम ‘सागुआरो’ राखिएको छ। यस तारापुञ्जको केन्द्रमा एउटा सानो र रातो पिण्ड छ। यो पिण्ड प्रारम्भिक ब्रह्माण्डमा देखिएका ‘लिटिल रेड डट्स’ सँग धेरै मिल्दोजुल्दो छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)