अमेरिकी गायकको हत्या प्रकरण : ३० वर्षपछि खुल्दैछ वास्तविकता
ratopati.com · Wed Aug 19 02:21:29 GMT 2026

तीन दशकअघि अमेरिकी हिप–हप जगतलाई नै स्तब्ध बनाउने चर्चित र्यापर टुपाक अमारु सकुर, अर्थात् ‘2 –प्याक’ को हत्या अझै पनि आधुनिक संगीत इतिहासका सबैभन्दा रहस्यमय आपराधिक घटनामध्ये एक मानिन्छ । सन् १९९६ मा २५ वर्षको उमेरमै गोली हानी हत्या गरिएका टुपाकको मृत्युको जिम्मेवार को हो भन्ने प्रश्नले तीन दशकसम्म प्रशंसक, अनुसन्धानकर्ता र ‘सस्पेन्स हरर’मा विश्वास गर्नेहरू जोकोहीको लाई उत्तिकै आकर्षित गरिरह्यो ।
तर अब यो लामो समयदेखि अनसुल्झिएको रहस्य अदालतसम्म पुगेको छ । टुपाकको हत्या भएको करिब ३० वर्षपछि ६३ वर्षीय डुआन ‘केफी डी’ डेभिसमाथि पहिलोपटक औपचारिक रूपमा मुद्दा चलिरहेको छ । अमेरिकी अभियोजन पक्षले डेभिसले टुपाकको हत्या योजना बनाएको र हत्यामा प्रयोग भएको बन्दुक उपलब्ध गराएको प्रमाणित गर्ने प्रयास गरिरहेको छ । यद्यपि अभियोजनले डेभिसले आफैं ट्रिगर दबाएको दाबी भने गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)