कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु
himalpress.com · Wed Aug 19 02:24:08 GMT 2026

कैलाली- बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार बर्दगोरिया ३ का विश्वकर्माको गए राति सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु भएको जानकारी दिए।
उनले विश्वकर्मासँगै जंगल गएका एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको र घटनास्थलको अनुसन्धान जारी रहेको बताए। प्रहरी निरीक्षक विष्टले भने, ‘बन्दुक कसले किन चलाएको र विश्वकर्मासँग रहेको बन्दुकबाटै गोली चलेको हो भन्ने एकीन हुन नसकेको छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)