कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा एक जनाकाे मृत्यु
ratopati.com · Wed Aug 19 02:55:25 GMT 2026

कैलाली । बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार बर्दगोरिया–३ का विश्वकर्माको गए राति सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु भएको जानकारी दिए ।
उनले विश्वकर्मासँगै जङ्गल गएका एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको र घटनास्थलको अनुसन्धान जारी रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)