हिजो वासुदेव खोलाले बगाएका दुई बालिका अझै भेटिएनन्, खोजी कार्य जारी
corporatenepal.com · Wed Aug 19 02:49:15 GMT 2026

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा भित्री वासुदेव खोलाले बगाएर मंगलबारदेखि बेपत्ता भएका दुई बालिकाको खोजी कार्य बुधबार बिहानैदेखि पुनः सुरु गरिएको छ ।
प्रहरीका अनुसार स्थानीय टीकाराम भोलनकी ११ वर्षीया छोरी सुमित्रा भोलन र राजकुमार भोलनकी १२ वर्षीया छोरी विनिता भोलन मंगलबार दिउँसोदेखि सम्पर्कविहीन छन् । मंगलबार दिनभर खोजी गर्दा उनीहरूको अवस्था पत्ता लाग्न नसकेपछि आज बिहानबाट सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा पुनः खोजी थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)