शीर्ष नेताविरुद्ध अवहेलना : मुद्दा छ, प्राथमिकता छैन
annapurnapost.com · Wed Aug 19 03:16:41 GMT 2026

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयर हुँदा वालेन्द्र शाहविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा उनी प्रधानमन्त्री भइसक्दा पनि टुंगिएको छैन। २०७९ भदौदेखि तारेख चलिरहेको मुद्दाको सुनुवाइ भएको चार वर्ष पुग्न लाग्दासमेत टुंगिएको छैन।
२०७९ भदौ १ गते अधिवक्ताद्वय दीपकराज जोशी र दामोदर तिम्सिनाले तत्कालीन मेयर वालेन्द्रविरुद्ध अदालतको अवहेलनामा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो। उक्त आदेशको विरुद्धमा बालेन्द्रले ‘अब नक्सापासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए। वालेन्द्रविरुद्ध नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज र राजेन्द्रबहादुर सिंहले पनि दुई छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

ओमप्रकाश अर्याल