केही निजी मेडिकल कलेजले फ्याकल्टी पूरा गर्न ल्याएका विदेशी चिकित्सक नक्कली, छानबिन गर्दै काउन्सिल
swasthyakhabar.com · Wed Aug 19 03:20:22 GMT 2026

काठमाडौं — नेपालमा सञ्चालित केही मेडिकल तथा डेन्टल कलेज र अस्पतालले विदेशी चिकित्सक दर्ताका लागि पेश गरेका कागजात नक्कली भेटिएपछि नेपाल मेडिकल काउन्सिलले छानबिन अघि बढाएको छ। काउन्सिलले सम्बन्धित देशका नियामक निकायसँग प्रमाणीकरण गर्दा केही विदेशी चिकित्सकले पेश गरेको ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ सम्बन्धित मेडिकल काउन्सिलबाट जारी नभएको र फर्जी रहेको पुष्टि भएको जनाएको छ।
काउन्सिलले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार विदेशी नागरिक चिकित्सकहरूको दर्ताका लागि नेपालका मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालमार्फत पेश गरिएका कागजातको आधिकारिकतामाथि गम्भीर शंका उत्पन्न भएपछि सम्बन्धित देशका नियामक निकायसँग आधिकारिक रूपमा प्रमाणीकरण गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)