रुसले गोप्य मार्गबाट इरानलाई हतियार पठाउँदै
baahrakhari.com · Wed Aug 19 03:19:27 GMT 2026

काठमाडौं । रुसले गोप्य मार्ग प्रयोग गरी इरानको सैन्य भण्डार मजबुत बनाउन सहयोग गरिरहेको छ । एनबीसी न्युजका अनुसार रुसले इरानलाई टीएनटी विस्फोटक पदार्थ, ड्रोनका पार्टपुर्जा तथा गोलाबारुद पठाइरहेको बताएको छ ।
एक युरोपेली सरकारको दस्तावेजलाई उद्धृत गर्दै भू–उपग्रह तस्बिरहरूले ब्यालिस्टिक मिसाइल निर्माणका लागि आवश्यक केही पार्टपुर्जासमेत पठाइएको हुन सक्ने जनाइएको छ । अमेरिका र इजरायलसँगको हालैको युद्धका क्रममा इरानको सैन्य भण्डारमा उल्लेख्य कमी आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)