विदेशिने कामदारको संख्या दिनानुदिन बढ्दै, स्वदेश फर्काउने सरकारको वाचा कहाँ पुग्यो ?
ajakoartha.com · Wed Aug 19 03:20:00 GMT 2026

काठमाडौं- स्वदेशमै रोजगारी सिर्जना गर्ने र विदेशमा रहेका नेपालीलाई फर्काउने वाचा गरेर निर्वाचनमा गएको रास्वपाले दुई सरकार बनाएको पनि चार महिना भैसकेको छ । नेपाली जनताले उनीहरुको वाचालाई विश्वास गरेर भोट पनि खन्याएकै हुन । तर सरकार बनेको यति लामो सय भैसक्दा पनि सुधारको कुनै छेकछन्द देखापरेको छैन । चुनावी घोषणापत्र अनुसारका काम किन भएनन् भनेर प्रश्न गर्ने मतदातालाई भोट फिर्ता लैजाउ भन्ने जवाफ नि थालेका छन् मन्त्रीहरु । कोही सांसदहरु प्रश्न गर्ने मतदातालाई ‘जाक्दिन्छु’ सम्म भन्न भ्याएका छन्् । विकास र समृद्धीको सपना देखेका नेपाली जनता यो सरकारको चालढाल देखेरै चकित छन् । अझ आश्चर्य त के छ भने रास्वपा सरकार बनेपछि विदेश जाने नेपालीको संख्या झन बढेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या ७० हजार ४४१ रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार साउनमा नयाँ र पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ७० हजार ४४१ जना रहेको हो ।
चालु आवको साउनको यो संख्या गत वर्षको साउनको तुलनामा केही बढेको छ । गत आवको साउनमा विदेश जाने ६८ हजार ११० जना थिए । यसैगरी चालु आवमा श्रमस्वीकृति लिने महिलाको संख्या गत वर्षको तुलनामा केही बढेको छ । विभागका अनुसार गत वर्षको साउनमा ९ हजार १६२ महिला रोजगारीका लागि विदेश गएका थिए । यो वर्ष साउनमा ९ हजार ९६९ जना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)