त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित ८ विदेशी नागरिक पक्राउ
annapurnapost.com · Wed Aug 19 03:43:48 GMT 2026

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम ‘थाई गाँजा’ सहित ८ विदेशी नागरिकलाई पक्राउ परेका छन् । विमानस्थलमा ३९ दशमलव २८ किलोग्राम ‘थाई गाँजा’ सहित ५ जना म्यानमारका र तीन भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको पक्राउ गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए।
उनका अनुसार म्यान्मारका नागरिक थाइल्यान्डको बैङ्ककबाट थाई एयरवेजको उडानमार्फत आएका थिए। भारतीय भने थाइल्यान्डकै फुकेटबाट बाटिक एयरवेजको उडानबाट नेपाल आएका थिए। प्रहरीले गाँजासहित ८ थान राहदानी र ८ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका सबैमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको निरौलाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)