काठमाडौंमा एक दशकको संघर्ष : चार लाखको लगानीबाट वीरेन्द्रले रचे सफल उद्यमीसम्मको कथा
nepalsamaya.com · Wed Aug 19 04:13:56 GMT 2026

काठमाडौं। बैतडीको दोगडाकेदार गाउँपालिका–५, गोबडामा पिता इन्द्र बहादुर चन्द र स्वर्गीय माता जमुनादेवी चन्दको कोखबाट जन्मिएका वीरेन्द्रबहादुर चन्द काठमाडौं छिरेको एक दशकभन्दा बढी भइसक्यो। काठमाडौं आउँदा उनीसँग ठूलो योजना थिएन। सपना भने धेरै थिए तर ती सपना पूरा गर्ने बाटो स्पष्ट थिएन।
श्रीमती सानु देउवासँगै कीर्तिपुरमा एउटा सानो कोठाबाट सुरु भएको उनको काठमाडौंको यात्रा सहज थिएन। घरबाट ल्याएको १५ हजार रुपैयाँ कोठा र दैनिक खर्चमै सकियो। खर्च धान्न साथीभाइसँग सरसापट गर्नुपर्ने अवस्था आयो। ऋण बढ्दै गयो, चिन्ता बढ्दै गयो। तर, चन्दसँग एउटा कुरा थियो– त्यो हो, हार नमान्ने स्वभाव।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)