इन्फान्टिनोको आलोचना गरेपछि लामोर बर्खास्त
annapurnapost.com · Wed Aug 19 04:11:12 GMT 2026
लन्डन : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नै अध्यक्ष जियानी इन्फान्टिनोको आलोचना गरेका चिफ अपरेटिङ अफिसर (सीओओ) केभिन लामोरलाई पदबाट हटाएको छ। फिफाका प्रमुख सञ्चालन अधिकृत लामोरको सम्झौता सोमबार अन्त्य गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले कर्मचारीलाई इमेल पठाउँदै लामोरको बहिर्गमनबारे जानकारी गराएका थिए।
लामोरले केही साताअघि इन्फान्टिनोको नेतृत्वमा अघि बढाइएको फिफाको व्यावसायिक पुनर्संरचनासम्बन्धी योजनाको सार्वजनिक रूपमै आलोचना गरेका थिए। उक्त योजनाअन्तर्गत विश्वकपलगायत फिफाका प्रमुख प्रतियोगिताबाट हुने व्यावसायिक आम्दानी व्यवस्थापन गर्न नयाँ कम्पनी स्थापना गरी त्यसमा निजी लगानीकर्तालाई २० प्रतिशतसम्म हिस्सेदारी दिने प्रस्ताव गरिएको थियो। प्रस्तावित कम्पनीको मूल्य करिब २० अर्ब अमेरिकी डलर हुने बताइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)