एसियाडका खेलाडीलाई प्रोत्साहन
annapurnapost.com · Wed Aug 19 04:13:18 GMT 2026
काठमाडौं : जापानको आइची–नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुद (एसियाड) को बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न संस्थाले गिफ्ट ह्याम्पर प्रदान गरेका छन्। राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलाडी प्रोत्साहन कार्यक्रममा डीडीसीले उत्पादित सामग्रीको प्याकेज र ट्राभलिङ टिसर्ट तथा एक्सटेप नेपाल, ब्रान्ड हाउस, कल मोबिलिटी, अल्भिन मोबाइल सेन्टर, ग्याग नेपाल र रकले एसियाली खेलकुदमा सहभागी हुने खेलाडीलाई गिफ्ट ह्याम्पर प्रदान गरेका थिए।
कार्यक्रममा कलाकार निश्चल बस्नेत र सन्दीप क्षत्रीले पनि खेलाडी बसेको होटल रोयल बुटिकमै पुगेर उनीहरूको हौसला बढाएका थिए। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, राखेप सदस्य धनीराम चौधरीलगायतको उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)