बासुदेव खोलामा बगेर बेपत्ता दुई बालिकामध्ये थप एकको शव फेला
bishowkhabar.com · Wed Aug 19 04:20:10 GMT 2026

काठमाडौं– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव आज फेला परेको छ।
निर्मल माध्यमिक विद्यालयबाट पढेर घर फर्किने क्रममा मंगलबार अपराह्न चार बालिकालाई बासुदेव खोलाले बगाएको थियो। घटनामा एक बालिकाको सकुशल उद्धार गरिएको थियो भने एक जनाको शव मंगलबार नै फेला परेको थियो। दुई जना भने बेपत्ता थिए।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)