खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला
nepalviews.com · Wed Aug 19 04:23:11 GMT 2026

हेटौँडा । बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेलापरेको छ । निर्मल माविबाट पढेर फर्किने क्रममा मङ्गलबार अपराह्न चार बालिकालाई सो खोलाले बगाएको थियो ।
उनीहरूमध्ये एकको सकुशल उद्धार गरिएको थियो भने एक जना मृतावस्थामा फेलापरेकी थिइन् । २ जना भने बेपत्ता रहेका थिए । बेपत्ता भएकाहरूको आज बिहानैबाट खोजीका क्रममा बिनिता भ्लोन खोलामा मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)