लुम्बिनीका सीमावर्ती क्षेत्रमा तस्करीका ठूल्ठूला घटना, के गर्दैछ प्रहरी ?
lokaantar.com

रूपन्देही प्रहरीले विशेष सूचनाको आधारमा गत आइतबार बुटवलको एक गोदाममा छापा मारेर ८२ लाख मूल्य बराबरको तस्करीको जुत्ता चप्पल बरामद गर्यो । राजश्व छली गरेर भारतबाट भित्र्याइएका ठूलो परिमाणका सामान बरामदपछि यस क्षेत्रमा संगठित तस्करी मौलाएको छताछुल्ल भयो । तस्करीको सामान बरामद गरे पनि प्रहरीले तस्करलाई भने समाउन सकेको छैन । यसले प्रहरीको भूमिकामा पनि प्रश्न उठेको छ ।
८२ लाखको जुत्ता चप्पल बरामद गरेको दुई दिनअघि बुटवलबाटै २५ लाखको अवैध घण्टी, कपडा र ती सामान तस्करी गर्न प्रयोग भएको लु १ च ४९१५ नम्बरको भ्यान पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । यी दुइटा घटनाले पछिल्लो समय लुम्बिनीमा तस्करी मौलाउँदै गएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)