काठमाडौंमा यसरी गरियो ८८ शवको व्यवस्थापन
annapurnapost.com · Tue Sep 01 16:10:26 GMT 2026

काठमाडौं : सरकारले बाढीका कारण ज्यान गुमाएका र पहिचान हुन नसकेकाहरूको शव कानुन बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिरहेको जनाएको छ। ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन जारी छ।
पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवलाई मात्रै डिएनएलगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखी व्यवस्थापन भइरहेको सरकारको भनाइ छ। सुरक्षाकर्मीले मंगलबार गोकर्णको दक्षिण ढोकामा ८८ शवको सामूहिकरूपमा व्यवस्थापन गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)