गत वर्षमात्रै झापामा ६ वटा झोलुंगे पुल बन्यो
clickmandu.com · Wed Aug 19 04:48:36 GMT 2026

झापा । जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा झापाका विभिन्न स्थानमा ६ वटा झोलुंगे पुल निर्माण सम्पन्न गरेको छ । कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार निर्माण सम्पन्न भएका झोलुंगे पुलको कुल लम्बाइ २२८ मिटर रहेको छ ।
कार्यालयका अनुसार गौरादह नगरपालिका–१ बाट कमल बासबारी जोड्ने सडकअन्तर्गत कृष्णखोलामा, गौरादह नगरपालिका–५ स्थित निरौला गाउँको चन्दु खोलामा र दमक नगरपालिका–८ र ९ स्थित जलपाथिभरा देवी जाने बाटोअन्तर्गत दिपेनी खोलामा झोलुंगे पुल निर्माण सम्पन्न भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)