धितोपत्र बोर्ड अध्यक्ष र आईएमएफका प्रतिनिधिबीच भेट, नेपालको पुँजी बजार विकासका लागि छलफल
arthasansar.com · Wed Aug 19 04:53:36 GMT 2026

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपालस्थित आवासीय प्रतिनिधिबीच प्रनभकुमार गुप्ता बीच भेटवार्ता भएको छ । अध्यक्ष भट्ट र प्रतिनिधि गुप्ताबीच नेपालको पुँजी बजारको समसामयिक अवस्था र यसको सुधारका विषयमा छलफल भएको हो ।
बोर्डको कार्यालय ललितपुरको खुमलटारमा मङ्गलबार सम्पन्न उक्त शिष्टाचार भेटमा नेपालको पुँजी बजारलाई थप सुदृढ बनाउने उपायहरूका बारेमा विस्तृत छलफल भएको जनाइएको छ । भेटका क्रममा पुँजी बजारको दिगो विकास, आवश्यक नीतिगत सुधारका प्रयासहरू तथा धितोपत्र बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्ने विषयमा दुई पक्षबीच गहन विमर्श भएको थियो । अध्यक्ष डा. भट्टले बोर्डले बजारको आधुनिकीकरण र पारदर्शीताका लागि गरिरहेका पहलहरूबारे जानकारी गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)