मकवानपुरमा खोलाले बगाएकामध्ये थप एक बालिकाको शव भेटियो
onlinekhabar.com · Wed Aug 19 04:53:07 GMT 2026

३ भदौ, मकवानपुर । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेलापरेको छ ।
निर्मल माविबाट पढेर फर्किने क्रमममा मङ्गलबार अपराह्न चार बालिकालाई सो खोलाले बगाएको थियो । उनीहरूमध्ये एकको सकुशल उद्धार गरिएको थियो भने एक जना मृतावस्थामा फेला परेकी थिइन् । २ जना भने बेपत्ता रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)