नेपाली गीत-संगीतको मौलिकता हराउँदै गएकोमा गीतकार नवराज रायमाझीको चिन्ता
ajakoartha.com · Wed Aug 19 04:46:00 GMT 2026

काठमाडौं- गीतकार नवराज रायमाझीले पछिल्लो समय नेपाली गीतसंगीतको क्षेत्रमा मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले एक सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै नेपाली संगीतको मौलिक पहिचान जोगाउन गीतकार, कलाकार र संगीत क्षेत्रसँग सम्बन्धित सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन्।
काभ्रेका स्थायी बासिन्दा रहेका रायमाझीले त्यहाँबाटै सञ्चालित इपाना नेपाल अनलाइनसँगको अन्तर्वार्तामा नेपाली गीत–संगीतमा मौलिकता हराउँदै गएको र उत्ताउलोपन र अश्लीलतालनई प्रश्रय दिने गरेको भन्दै गुनासो गरेका हुन् । लामो समयदेखि गीत लेखनमा सक्रिय रायमाझीले भने, ‘गीत सिर्जना गर्दा शब्द, भाव र नेपाली समाजको यथार्थलाई विशेष प्राथमिकता दिनुपर्छ। गीत केवल मनोरञ्जनको माध्यम नभई भावना, अनुभव र समाजको प्रतिबिम्ब समेत हो।’
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)