प्रतिनिधिसभा बैठकमा दुई विधेयकमाथि छलफल र विद्युत् व्यापार सम्झौता पेस हुने
annapurnapost.com · Wed Aug 19 04:50:44 GMT 2026

काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दैछ। बुधबार दिउँसो १ बजे बैठकमा दुईवटा विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव पेश हुनेछ। संघीय संसद् सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी युवा तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता पेस गर्ने कार्यक्रमसमेत रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)