सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड पहिरोका कारण अवरुद्ध
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौँ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा बन्द भएको छ। राजमार्गको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फको प्रवेशबिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ माथिबाट लेदोसहितको ठूलो पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान ७ः०० बजेको समयमा पहिरो झरेको थियो। पहिरो गएलगत्तै सडक खुलाउने प्रयासस्वरूप अवरोध हटाउने तयारी गरिए पनि लगातार पहिरो खसिरहेका कारण तत्काल काम सुरु गर्न कठिन भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)